काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का चार सिटका लागि गठबन्धन गरेका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टीबीच सभामुख तथा उपसभामुख निर्वाचनमा पनि अघोषित गठबन्धन देखिएको छ ।
नेकपाका सभामुख उम्मेदवार अग्नि सापकोटाको उम्मेदवारीमा राजपा नेता लक्ष्मणलाल कर्ण समर्थक बसेसँगै उपसभामुख राजपाले पाउने लगभग निश्चित भएको छ । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्ने र आगामी दिनमा राष्ट्रिय राजनीतिमा छलफल एवं सहकार्य गर्दै अगाडि बढ्ने नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुई बुँदे सहमतिका कारण नयाँ उपसभामुख राजपाबाटै हुने सम्भावना बढेको हो । तर, राजपालाई उपसभामुख दिने कि नदिने भन्नेबारे नेकपाले निर्णय गरेको छैन ।
सभामुखमा नेकपा सचिवालयले सापकोटालाई उम्मेदवार बनाए पनि उपसभामुखबारे छलफल नभएको नेकपाले जनाएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले उपसभामुखको बारेमा अहिलेसम्म केही निर्णय गरेका छैनन् ।
संवैधानिक व्यवस्थाअनुसार एउटै दल र उही लिंगको व्यक्ति सभामुख र उपसभामुख हुन पाउँदैन । त्यसैले, सभामुखमा नेकपाले पुरुष सांसदलाई अघि सारेपछि अन्य दलबाट महिला सांसद उपसभामुख हुने निश्चित छ ।
नेकपाले संसद्भित्र रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, समाजवादी पार्टी, राजपा नेपाल वा नेमकिपा र जनमोर्चाबाट उम्मेदवार उठाउन सक्छ । तर, स्रोतका अनुसार नेकपाले उपसभामुख कांग्रेस र समाजवादीलाई दिदैनन् । राष्ट्रियसभा निर्वाचनमा राजपासँग दुई बुँदे सहमति गरेको नेकपाले राजपालाई नै उपसभामुख दिएर सरकारमा थप समर्थन लिन सक्ने नेकपा स्रोतको दाबी छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०८ माघ २०७६, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु
एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
कांग्रेसले माग्यो उपसभामुखको राजीनामा
करुणा भावले गरेको सहयोगलाई विवादित बनाउनु मविरुद्धको नियोजित कदम : उपसभामुख
विवादमा मुछिएकी उपसभामुखसँग रास्वपाले गर्यो सोधपुछ