गायिका राउत र प्रहरी बीच के भएको थियो विमानस्थलमा ? (पुरा पढ्नुहोस् )

सफल खबर संवाददाता

शनिबार, ०४ माघ २०७६, १३ : ५३
गायिका राउत र प्रहरी बीच के भएको थियो विमानस्थलमा ? (पुरा पढ्नुहोस् )

काठमाडौँ  । घटना बुधबार अपराह्नको हो । काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक उडानतर्फ भद्रपुर जानका लागि गायिका आस्था राउत प्रस्थान गर्दै थिईन् ।  
त्यहाँ उनी एक्लै गएकी छैनन् । उनलाई पुर्याउन बुद्ध एयरका एक कर्मचारी पुगेका छन् । ती कर्मचारी पुरुष छिर्ने ठाउँबाट प्रवेश गरे भने राउतलाई महिला प्रवेशद्धारबाट पठाए । ज्याकेट लगाएर एक हातमा कफी बोकेकी उनले कालो चस्मा लगाएकी छन् । आस्थाले शुरुमा व्याग स्क्रिनिङ् मेसिनमा राखिन र आफु सानका साथ भित्र छिरिन् । 

महिला प्रहरी रमिता श्रेष्ठ आफ्नो नियमित काम मै थिईन्न् । जब प्रहरीले ज्याकेट पनि स्क्रिनिङ मेसिनमा राख्न भनिन् । त्यसपछि उनले औँला ढड्याएर केही कुरा भनेकी छिन् । सायद उनले यही नेर आफु कलाकार भएको दम्भ देखाएकी हुनसक्छ ।

त्यसपछि उनले रिसको झोँक सिसी टिभीको भिडियोले प्रष्ट आँकलन गर्न सकिने छ । महिला प्रहरीले उनको कफीसमेत समात्नु पर्ने आवश्यकता नहुँदानहुँदै पनि सहयोग गरेको प्रष्ट देखिन्छ । त्यसपछि उनी फर्किएर ज्याकेट खोल्न गईन् । 

महिला प्रहरीले नियमित अन्यलाई झैँ शरीर चेकजाँच गरेको देखिन्छ । त्यसपछि व्याग र ज्याकेट लिएर निस्कन खोजेपछि प्रहरीले उनलाई पुनः कफी दिन आएकी छिन् । तर उनले लिन मानिन् । त्यहाँनिर अलिकती भनाभन भएको देखिन्छ । त्यही बेलामा हुनसक्छ उनीहरु बीच तँ सम्मको भनाभन भएको  । 

अरु आगन्तुहहरु आस्थाको गतिविधि नियालीरहेका पनि देखिन्छन् । आफैँले ल्याएको कफी महिला प्रहरीले दिँदासमेत नलिएर आस्थाले नै धकेल्दा कफी पोखिएको पनि छ । त्यसपछि पनि औँल्या ठड्याँदै आस्थाले केही भनिरहेकी छिन् । 

प्रहरी आफ्नो कामतिर लागिन् । उनी भने कफी छाडेर गन्तव्यतर्फ लागिन् । बुधबार अपराह्न भएको यत्ती हो । 

त्यसपछि आस्थाले आफु कलाकार ाभएको दम्भ देखाउँदै विहिबार १० मिनेट ३१ सेकेन्टको भिडियो पोष्ट गरिन् । भिडियोमा गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको आरोप लगाउँदै प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरी गालीगलौज गरेकी छिन् । त्यसको भोलिपल्ट शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको सिसी टिभी फुटेज नै सार्वजनिक भयो । ‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि दम्भी देखिन्छ । 

त्यसपछि सर्वसाधारणमा भ्रम चिरिएको छ । पछि आस्थाले पनि आफुलेपछि बोलेका कुरामा आवेग भन्दै केही बढी बोलेको भनेर सामाजिक सञ्जालमा स्वीकार गरिन् ।  अनि उनले रुँदैरुँदै माफी पनि मागेको अर्काै भिडियो सार्वजनिक भएको छ । तर उनले प्रहरीको दुव्र्यवहार विरुद्ध आफ्नो आवाज भनेर दोहोर्याईरहेकी छिन् । 

सिसी टिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् । राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उनले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । 

यस विषयमा महिला प्रहरी श्रेष्ठले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराएकी छिन् । यसलाई कतिपय मिडियाहरुले उजुरी दिएको भनेर पनि लेखेका छन् । उजुरी नभइ विवरणसहितको वास्तविक पत्र हो । त्यही पत्रको आधारमा अहिले छानवीन भइरहेको छ । 

उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुप¥यो, म गायिका हो, चिन्नु भएन ?’ भनेर गायिका राउतले उल्टै हप्की लगाएको उल्लेख रहेको कार्यालयका एक प्रहरी अधिकृतले बताए । उनले घटनाको विषयमा राउतसँग समेत सोधपुछ गरिने बताएका छन् । 
राउत बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो । 

उनी सिक्कीमको कार्यक्रममा जान लागेको उनकै भिडियोबाट थाहा पाउन सकिन्छ । भद्रपुर पुगेपछि गाडीमा चढ्दै गर्दा उनले भिडियो बनाएकी थिईन् । उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ प्यूसो, प्यूपा जस्ता अपशब्द प्रयोग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस