आलोपालो सरकारको सहमति

सोमबार, २९ माघ २०७४, १६ : ५९
आलोपालो  सरकारको सहमति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो गर्नेगरि सहमति भएको बताएका छन् ।
सोमबार काठमाडौमा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले  आज विहान भएको ओली–प्रचण्डवीचको वान–टु–वान भेटवार्तामा आलोपालो नेतृत्वमा सरकार चलाउन सकिनेबारे समझदारी कायम भएको संकेत गरेका हुन् ।
उनले भने,‘असोज १७ गते वाम गठबन्धन घोषणा गरेकै दिन हामीले ७ बुँदे सहमति बाहिर ल्याएका थियौं, त्यो सहमतिमा पनि नेतृत्व आलोपालो चलाउने अन्तरनिहित आशय थियो, कसको नेतृत्व भन्ने कुरै हुँदैन नि, पार्टी एक भैसकेको छ, खाली घोषणा गर्न मात्रै बाँकी छ।’ रावलले सोमबार भएको प्रमुख नेताद्धय ओली र प्रचण्डवीचको निर्णायक वार्तामा पनि निर्वाचन आयोगले सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेपछि वाम गठबन्धनकै संयुक्त रुपमा सरकार बनाउनेबारे सहमति भएको सुनाए ।

 

प्रतिक्रिया दिनुहोस