अत्याधुनिक प्रविधिबाट कपडा धुलाई सुरु

सोमबार, २९ माघ २०७४, १६ : ३८
अत्याधुनिक प्रविधिबाट कपडा धुलाई सुरु


भरतपुर
मजदुर लगाएर हातले धुने भन्दा मेसिनको प्रयोगबाट कपडा धुलाई गर्दा आर्थिक बचत हुने भन्दै भरतपुर अस्पतालमा अत्याधुनिक प्रविधिबाट कपडा धुलाईको काम सुरु गरिएको छ ।
अस्पतालमा पुन प्रयोग हुने कपडालाई मेसिनबाट धुने ब्यवस्था गरिएको हो । ६ वटा मेसिन राखेर कपडा धुने काम सुरु गरिएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनिले जानकारी दिनुभयो ।
मेसिनको प्रयोगबाट मासिक रुपमा करिक डेढदेखी दुई लाख रुपैयासम्म बचत हुने बताईएको छ । मेसिनको प्रयोगपछि जनशक्ति पनि कम भएका छन । छिटो र आर्थिक बचत हुने भएकोले मेसिनको प्रयोग गरिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस