अनेरास्ववियु सिटिइभिटिको राष्ट्रिय भेला सम्पन्न

सोमबार, २९ माघ २०७४, १५ : २९
अनेरास्ववियु सिटिइभिटिको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । अनेरास्ववियु सिटिइभिटिको राष्ट्रिय भेलाले रमेशसिहं ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अनेरास्ववियुको सगंठनहरु मघ्ये निकै महव्तपुर्ण मानिने अनेरास्ववियु सिटिइभिटीको अधिवेशन निकै लामो समय देखि विवादका कारणले सम्पन्न हुन सकिरहेको थिएन।

यसै वीच अनेरास्ववियु सिटिइभिटि राष्ट्रिय कमिटी सदस्यमा चितवनका विद्यार्थी नेता संजिल लामिछाने सर्वसम्मतले निर्वाचीत भएका छन् । भरतपुरमा रहेको कलेज अफ मेडिकल साईन्सेस(सि.एम.एस)वाट फार्मेसी अध्ययन गरेका लामिछाने चितवनका आम युवा-विद्यार्थी माझ निकै लोकप्रिय छन् ।

अनेरास्ववियु सिटिइभिटीको राष्ट्रिय कमिटीमा निर्वाचीत भईसकेका विद्यार्थी नेता लामिछानेले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको वताए । वर्तमान नेपाली प्राविधिक शिक्षामा घेरै विकृति र समस्याहरु रहेकाले अब विद्यार्थी आन्दोलन गुणस्तरीय प्राविधिक शिक्षाका लागि हुनुपर्ने र आफ्नो कार्यकाल उक्त जिम्मेवारी पुर्तिका निम्ति रचनात्मक तवरले जिम्मेवारीका साथ लाग्ने  प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस