चितवन विषेश

भरतपुर महानगर उकृष्ट महानगरपालिका घोषणा

सोमबार, २९ माघ २०७४, ११ : ४१
भरतपुर महानगर उकृष्ट महानगरपालिका घोषणा

भरतपुर । नगर विकास कोष नयाँ बानेश्वर काठमाण्डौले भरतपुर महानगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । कोषले प्रवाह गरेको ऋण ,पुर्वधार विकास तथा असल ऋणीकोे आधारमा भरतपुर महानगर सहित ४ नगरपालिकालाई उकृष्ट घोषणा गरेको कोषका कार्यकारी निर्देशक मनिराम सिहं महतले सफल खबरलाई जानकारी दिनुभयो । कोष यहि फागुन २ गते मनाउन लागेको ३० औ बार्षिक उत्सबमा महानगरलाई सम्मान गर्ने जानएको छ ।

कोषले महानगरभित्र हुने पर्ने विकास निर्माण ,कार्य दक्षता , कार्यसम्पादन ,सुसाशनको सुचकको अधारमा उत्कृष्ट नगरपालिका छनोट गर्ने गरेको महतले बताउनुभयो । संस्थाले दातृ निकायसगँ सम्वन्य गरि नगरपालिकाको विकासमा सर्वसुलव ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले नगर विकास कोषले भरतपुर महानगरलाई उत्कृष्ट घोषणा प्रति खुशी व्यक्त गर्नु भएको छ । थप उर्जा मिलेको छ , उहाँले भन्नुभयो,“नगर विकास कोषसगँ भरतपुर महानगर हातेमालो गर्दै अघि बढ्ने छ । भरतपुरका अन्य पुर्वधार विकासको कार्यमा समन्वय गरिनेछ ।

नगर विकास कोषका सहकार्यमा भरतपुरमा लामो समय देखि विभिन्न पुर्वधार निर्माण हुदै आईरहेको छ । कोषकै ऋण सहयोगमा केन्द्रिय वस टर्मिनल भरतपुर निर्माण भएको हो । त्यसतै लायन्स चोकको तरकारी फलफुल थोक विक्रि केन्द्रमा भरतपुर महानगरपालिकाले  निकट भविष्यमा वहुउद्देश्य भवन निर्माणको लागि प्रकृया अगाडी बढि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस