कांग्रेस र माओवादी केन्द्रले अाज समानुपातिक सुचि आयोगमा बुझाउने

सोमबार, २९ माघ २०७४, ०९ : १३
कांग्रेस र माओवादी केन्द्रले अाज समानुपातिक सुचि आयोगमा बुझाउने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सांसदको सूची बुझाउने आज अन्तिम दिन हो । त्यसैले कांग्रेस, माओवादी र मधेसकेन्द्रित दलहरु निर्वाचन आयोगमा सूची बुझाउनका लागि गृहकार्यमा जुटेका छन् ।

सूची बुझाउन साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । सूची बुझाउने आज अन्तिम दिन हो, क्लस्टर मिलेर आयो भने आइहाल्यो, मिलेर आएन भने फेरि सूची सच्याउन दलहरुलाई समय दिनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

नेकपा एमालेले भने आइतबारै सूची बुझाइसकेको छ । एमालेबाट समानुपातिकमा ४१ जना सांसद बन्नेछन् । जसमध्ये ३७ महिला र चार पुरुषले सांसद बन्नै मौका पाएका छन् ।  सांसदहरुको नामावली बुझाउन बाँकी दलहरु सोमबार बिहानैदेखि गृहकार्यमा व्यस्त छन् । नामावलीबारे छलफल गर्न नेपाली कांग्रेसले बिहान कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
सामानुपातिकतर्फ ४० सिट पाएको कांग्रेसले २० जना महिला पठाउनु पर्नेछ । यसैगरी माओवादीले १७, संघीय समाजवादी फोरम र राजपाले ६–६ सिट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस