हेटौंडा । प्रदेश ३ को नाम बागमती दुई तिहाई बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो ।
नामाकरणबारे प्रदेशसभा बैठकमा एकमात्र प्रस्ताव परेको थियो । प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रस्ताव गरेको उक्त प्रस्तावको पक्षमा १०८ मत परेको छ ।
प्रदेशसभामा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा १०८ सांसद उपस्थित रहेकामध्ये सबै सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रस्तावको विपक्षमा शुन्य मत परेको थियो । यस अघि बसेको प्रदेश सभाको बैठकले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा दुई तिहाई बहुमतले पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस