काठमाडौँ । सप्तरीको छुटाछुटै ठाउँमा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बलानबिहुल गाउँपालिका¬–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।
स८प ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री सुरुङ्गा नगरपालिका–१० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीकै कञ्चनपुर नागरपालिका–१० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बदगामा नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतकको हाल नाम, थर, वतन खुल्न नसकेको र ठक्कर दिने सवारी साधनको खोजी कार्यसमेत भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २२ पुस २०७६, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते
ट्रकले ठक्कर दिँदा मोटरसाइकको पछाडि बस्नेको मृत्यु, चालक घाइते
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सिन्धुलीमा गाडी दुर्घटना, ९ जना घाइते
मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु