बागलुङ । नेत्रविक्रम चन्द समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गर्नुभएको छ ।
गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै सोमबार प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गर्नुभएको हो ।
सो अवसरमा उहाँले जारी गर्नुभएकोे प्रेस विज्ञप्तिमा “नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु”, भन्ने उल्लेख छ । जिल्ला अदालतले सुनारलाई आइतबार रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
(रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १५ पुस २०७६, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै, तीन सदस्यीय कार्यदल गठन
पश्चगमन र यथास्थिति अहिलेको समाधान होइनः विप्लव
गफ चुट्ने नेताबाट देशमा परिवर्तन सम्भव छैन: विप्लव
कालिकोट पुगेर विप्लवले गरे भेडा फर्म उद्घाटन
एमसीसी स्थगित गरेकोमा विप्लवले ट्रम्पलाई दिए धन्यवाद
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय