दुर्घटनामा मृत्यु

शनिबार, २७ माघ २०७४, १४ : १५
दुर्घटनामा मृत्यु

विराटनगर । सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार राित एक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ ।

कुम्वर आफैँले चलाएको को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई राति इनरुवा–९ बबियामा दुर्घटना हुँदा उपचारका क्रममा उनको इनरुवा अस्पतालमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस