विश्व

तपाईले यो अफगानिस्तानलाई देख्नु भएको छ ?

शनिबार, २७ माघ २०७४, १२ : ५८
तपाईले यो अफगानिस्तानलाई देख्नु भएको छ ?

बीबीसी
काठमाडौं । के अफगानिस्तान आज जस्तो छ, उसको अतित पनि त्यस्तै थियो ? हालै एउटा पुरानो अफगानी म्यागजिनको डिजिटल भर्जन जारी गरिदाँ पुरानो मौसम अचानक फर्र्किएर आएको जस्तो भयो ।

रङ्गि विरङ्गी, सुन्दर र जानकारीले भरिएको ‘जवानदुन’(जिन्दगी) म्यागजीन को नयाँ डिजिटलकरण गरिएका पानाहरु सामाजिक र राजनैतिक बदलावको समयमा अफगानिस्तानका सम्पन्न तप्काका मानिसका सपनाको दस्तावेज हो ।
यो म्यागजिनमा विश्व मामला, सामाजिक मुद्दा र इतिहाससँग जोडिएको लेखको अलावा फ्यासन र फिल्मी स्टारमाथि लेखिएका आलेख हुने गर्थो ।

‘टाइम’ म्यागजिन जस्तो थियो ‘जवानदुन’, अझ यसमा कथा र कविताको लागि पनि स्थान थियो । राजनीतिक उतार–चढावले भरिएको पाच दशक निस्किएको ‘जवानदुन’को पानामा त्यो समयको उथलपुथल देखिइन्छ ।

यसको अलावा यसमा एक कोमल पक्ष पनि हुने गथ्र्यो –पाठकको सपाना र आशा । बहुसंख्यक जनसङ्ख्या निरक्षर रहेको अवस्थामा ‘जवानदुन’ एक खास हिस्साको लागि नै प्रकाशित हुने गथ्र्यो । यसका लेखक र पाठक समेत काबुल केन्द्रित थिए ।
उनीहरु प्रगतिशील मानिस थिए जोसँग सिनेमा हेर्ने समय र सामर्थ थियो र जो पहिरनमा नयाँपन बारेमा पनि सोच्थे ।


अफगानिस्तानमा १९२० को दशकपछि प्रकाशित भइरहेका पत्रिकाहरु मध्य ‘जवानदु’ले एउटा उमङ्ग पक्षलाई देखाउथ्यो ।
उता ‘काबुल’ पत्रिकाले अफगानिस्तानको सबैभन्दा चर्चित लेखकहरु तर विचारकहरुलाई ठाउँ दिन्थ्यो । ‘अदव’ काबुल विश्वविद्यालयले छाप्ने सम–सामयिक पत्रिका थियो जबकी चिल्डेन्स कंपेनियन (कामकायानो अनीस) जादु र बाल कथाले भरिएको हुन्थ्यो ।


जवानदुनको प्रकाशन १९४९ मा शुरु भएको थियो । यो त्यो समय थियो जब यूरोपेली साम्राज्यले दोश्रो विश्वयुद्ध पछि आफ्नो तागत गुमाइरहेको थियो ।
अफगानिस्तानका छिमेकी देश भारत, पाकिस्तान र इरानमा औपनिवेशिक युग खत्म भएपछि नयाँ उत्साहले छाएको थियो । त्यो समय अफगानिस्तान नयाँ राष्ट्र स्थापनाको बाटोमा जादैथियो र उसँग त्यसका लागि पैसा पनि थियो । देशका राजा शाह जाहिरले आफ्नो यही चाहनालाई विकसित गर्न विदेशी सल्लाहकार बोलाएका थिए ।र उनी अमेरिका र सोवियत संघ दुबैबाट सहयोग मागिरहेका थिए ।

त्यो समय नै स्थापित भएको एरिवाना एयरलायन्सले अफगानिस्तानलाई आधा संसारसँग जोडेको थियो ।
उसको सबैभन्दा चर्चित रुट काबुलबाट फ््रयाङ्कफ्रर्टको थियो । यो उडान इरान, सिरिया, बेरुत र अंकारा हुदैं जान्थ्यो । यसलाई १३ औं शताब्दीका इटालेली यात्री मार्को पोलोको नाममा मार्को पोलो रुट भनिन्थ्यो ।
यसै मार्फत अफगानिस्तानका ति शहरहरु जो पहाड र मरुभूमीको कारण एक अर्कोबाट कटेका थिए तिनको बिचमा पनि सिधा सम्पर्क कायम भएको थियो ।


१९६० को त्यो दशकमा जवानदुनका पाना विज्ञापनले भरिएको हुन्थ्यो । कार, फ्रिज , बच्चाले खाने दुध पाउडर जस्तो उत्पादन ठूलो जनसमूदायको लागि पहुंच बाहिर भए पनि एउटा सानो समूदायको महिलाहरुलाई यो जीवनशैलीको हिस्सा भइरहेको थियो ।
१९७३ को वरपर अवस्थामा बदलाब आयो । शाह जाहिरको भाई मोहम्मद दाऊदले उनलाई सत्ताबाट हटाइदिए । उनले आफूलाई राजा नभएर राष्ट्रपति घोषणा गरिदिए ।


दाउद खानले अफगानी उद्योग र सेवामा बढावा दिए र यो दौरान पनि जवानदुनमा विज्ञापनको सङ्ख्यामा वृद्धी भइरह्यो । तर अफगानिस्तानमा नयाँ राजनैतिक विचारले जन्म लियो र दाउद खानलाई १९७८ मा सेनाभित्रका कम्युनिष्टसमर्थक अधिकारीहरुले पदबाट हटाइदिए ।


त्यसपछि अफगानिस्तान गृहयुद्धमा फस्यो । त्यो समय शुरुभएको राजनैतिक द्वन्द फरक फरक रुपमा अझै जारी छ । १९७९ मा अफगानिस्तानको वामपन्थी सैन्य सरकारको प्रतिरक्षाका लागि सोवियत सेना प्रवेश गरेपछि पत्रिकाबाट व्यापारिक विज्ञापन गायब भयो ।


तर त्यो समयमा पनि जवानदुन अलग खालको सपनाको प्रतिबिम्ब बनी रह्यो । हलिवुडको फिल्मी स्टारको ठाँउ सोवियत सिनेमाका स्टारहरुले लिन थाले । टेप रेकर्डस र फ्रिजको ठाँउमा अब खेतीको उपकरणको विज्ञापन छापिन लाग्यो । त्यहाँ सोभियतहरुको आगमनभन्दा पहिलाको समयको आदर्शहरुको प्रतिबिम्ब पनि देखिन्छ । तर जुन चीज यी विज्ञापनहरु हेर्दा महसुस हुन्छ त्यो हो कि अमेरिका र रुसको प्रगतीका बारेमा रहेको बुझाईमा समानता।


१९९० को दशकमा सोवियत संघको हार पछि ‘जवानदुन’, ‘काबुल’ र अन्य  पत्रिकाको प्रकाशन बन्द भयो ।त्यो एक उथलपुथलको समय थियो जब अत्यधिक लेखक , पेन्टर र पाठक देश छोडेर हिडें । तालिवानको उदयको असर यो पनि भयो कि यीनमध्य धेरै मानिस कहिल्यै पनि देश फर्किन सकेनन् र यो महत्वपूर्ण सामाजिक रेकर्ड गायबझैं भयो

। तर अफगानिस्तानको पत्रिका यस्तो थिएन जो एकपटक पाठकले पढेर फ्याकिदिउन् । संग्रहकर्ताहरु र पुस्तकालयहरुले यो काम सहज बनाइदिए ।

प्रतिक्रिया दिनुहोस