सिँचाइ मन्त्रालयका सचिवको शव फेला

शनिबार, २७ माघ २०७४, १२ : ३६
सिँचाइ मन्त्रालयका सचिवको शव फेला

तस्बिर : रातोपाटी

धादिङ । नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ ।
सशस्त्र प्रहरी गोताखोरको टोलीले उहाँको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उहाँका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन् । जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिनुभयो ।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव यादव, उहाँका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिनुभयो । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस