हावाबाट विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन

शनिबार, २७ माघ २०७४, ०९ : ४५
हावाबाट विद्युत् उत्पादनका लागि सम्भाव्यता अध्ययन

खजुरा बाँके । खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ ।

करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत् निकाल्ने सकिने वा नसकिने यकिन हुने जिल्ला समन्वय समिति बाँकेका ऊर्जा इञ्जिनीयर रामबाबु यादवले बताउनुभयो । खजुरामा पाँच महिनाअघि हावाको गति मापनका लागि ८० मि अग्लो टावर जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निजी क्षेत्रले हावाको गति मापन गरिरहेको छ ।

दुई वर्षका अवधिमा पटक पटक अनुगमन गरी हावाको गतिबारे जानकारी लिइने छ । अहिले पनि एक पटक हावाको गतिका बारेमा जानकारी लिइसकिएको इञ्जिनीयर यादवले बताउनुभयो । हावाको गति मापनका लागि पंखासहितको टावरमा सफ्टवेयर राखिएको छ । यादवले भन्नुभयो, “दुई वर्षसम्म प्राप्त हुने तथ्यांकका आधारमा हावाबाट विद्युत् निकाल्न सकिने वा नसकिने भन्ने यकिन हुन्छ ।” तराईका जिल्लामा बाँकेमा पहिलो पटक हावाबाट विद्युत् उत्पादनका लागि अध्ययन थालिएको हो ।(रासस)

प्रतिक्रिया दिनुहोस