चितवन । छुट्टाछुट्टै सवारी दुर्घट्नामा परी चितवनमा एक जनाको मृत्यु भएको । एक गम्भिर घाइते भएका छन । रत्ननगर नगरपालिका १० का ३५ वर्षीय सुरज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ईच्छाकामना गाउँपालिका ७ भालुटारस्थित भित्री सडक खण्डमा रोकिराखेको बा ५५ प ७४१४ नम्बरको मोटरसाईकललाई भालुवाटारबाट पदमपुर तर्फ गईरहेको ना १ च ९४१२ नम्बरको डिआइ गाडीले ठक्कर दिदा उक्त गाडी अनियन्त्रीत भई नालीमा पल्टिएको थियो । आज बेलुकी ७ बजे भएको सो दुर्घट्नामा परी गम्भिर घाइते भएका सोहि गाडीमा सवार सुरजको उपचारका क्रममा राति ८ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त गाडीका चालक र दुवै सवारी साधान प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए । दुर्घट्नास्थल अस्थायी प्रहरी चौकी पदमपुरबाट ८ किलोमिटर दुरीमा पर्छ ।
यस्तै उता रत्ननगर नगरपालिका १ भक्तेनिस्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घट्ना हुँदा चालक गम्भिर घाइते भएका छन । चित्रसारीबाट सौराह तर्फ गइरहेको ना ६ प ३९४५ नम्बरको मोटरसाईकलले साइकललाई ठक्कर दिदा अनियन्त्रीत भई विपरित दिशाबाट गइरहेको अनटेष्ट मोटरसाइकलमा ठोकिदा ना ६ प ३९४५ नम्बरको मोटरसाइकल चालक गम्भिर घाइते भएका हुन ।
३२ वर्षीय ति चालकको परिचय खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ । अनटेष्ट मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०७६, २१ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते
ट्रकले ठक्कर दिँदा मोटरसाइकको पछाडि बस्नेको मृत्यु, चालक घाइते
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सिन्धुलीमा गाडी दुर्घटना, ९ जना घाइते
मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु