सशस्त्र प्रहरीमा जागिर खुल्यो (सूचनासहित)

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, ०८ : ४९
सशस्त्र प्रहरीमा जागिर खुल्यो  (सूचनासहित)

काठमाडौँ । सशस्त्र प्रहरी बलले नयाँ भर्ना खुलाएको छ । सशस्त्र प्रहरी बलको भर्ना छनौट शाखाले सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा गरी जम्मा २९७ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

बुधबार प्रकाशित सूचना अनुसार निरीक्षक पदमा ५८ र सहायक निरीक्षक पदमा २३९ जना माग गरिएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले पुस १७ गतेभित्र दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस