काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख देवराज घिमिरेले उक्त विधेयक दफाबार छलफलका लागि सम्बन्धित समिति पठाउन सर्वसम्मति स्वीकृत भएको घोषणा गरे । बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा अस्थायी कर्मचारीसम्बन्धी विधेयक खारेजीको माग
राष्ट्रिय सभाबाट एकै दिन चार विधेयक पारित
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
संसदीय प्रक्रियामा अघि बढ्यो नेपाल प्रहरी विधेयक
क्यान विभाजन विधेयक संसदमा
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस