‘बलात्कार’ अभियोगमा समातिए सिद्धबाबा

सफल खबर संवाददाता

सोमबार, १६ मंसिर २०७६, ०८ : ०७
‘बलात्कार’ अभियोगमा समातिए सिद्धबाबा

काठमाडौं । सुनसरी। प्रहरीले बलत्कारको आरोपमा सिद्धबाबा तथा कृष्णदाश महाराज भनिने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको छ । गिरीलाई सोमबार बिहान ५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होमबाट पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रबक्ता बिनोद शर्माले बताए ।

उनले गिरी लाई स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल इनरुवा सुनसरीमा कडा सुरक्षाको साथ राखिएको बताए । उनलाई एक भक्त महिलाले बलात्कार आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस