काठमाडौं । गत स्थानिय तहको चुनावमा तत्कालिन नेकपाले जितेको तीन वटा वडामा काँग्रेसले बाजी मारेको छ । हिजो शनिबार सम्पन्न उपचुनावमा काँग्रेस उम्मेदवारले अर्खाखाँची, दाङ र भरतपुरको वडाअध्यक्षमा बाजी मारेको हो । यि तिनवटै स्थानमा पहिले नेकपाका उम्मेदवार विजयी बनेका थिए ।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली काँग्रेसका तारा डिसी विजयी भएका छन् । उनले नेकपाका सुरेशबहादुर केसीलाई १ सय १ मतले पराजित गरे । डीसीले १ हजार २ सय १८ मत हासिल गर्दा नेकपाका केसीले १ हजार १ सय १७ मत पाएका छन् । नेकपाका बागी उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत पाए ।
आफ्नै पार्टीका उम्मेदवार वागी बनिदिदा त्यहाँ नेकपाले आफनो पहिलेको सिट गुमाउनु परेको छ । बागी उम्मेदवारलाई नेकपाकै तत्कालिन एमाले निकट विद्यार्थी संगठनका दाङका नेताहरु खुलेआम प्रचारमा लागेपछि नेकपाका आधिकारिक उम्मेदवार पराजित हुन पुगेका हुन् ।
आफ्नै पार्टी नेता वागी उम्मेदवार बन्दा र पार्टी नेता कार्यकर्ता स्यवं प्रचारमा हिडिदिदा पनि पार्टीले कडाई पूर्वक कारवाही नगर्दाको परिणाम नेकपाले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पद काँग्रेसको पोल्टामा सुम्पन बाध्य भएको छ । यहाँ अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका लक्षिनप्रसाद बुढा विजयी भएका थिए । उनको निधनपछि भएको उपनिर्वाचनमा काँग्रेस विजयी भएको हो ।
यस्तै, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा पनि पहिले नेकपाले जितेको स्थानमा काँग्रेसका शोभाखर खनाल विजयी बनेका छन् । खनालले नेकपाका यमलाल खनाललाई १०६ मतान्तरले पछि पार्दै विजयी सुनिश्चित गरेका हुन् । शोभाखरले १ हजार १ सय ५९ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यमलालले एक हजार ५३ मत ल्याएका थिए । नेकपाबाट निर्वाचित तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले बाजी मारेको हो । अहिले जितेका उम्मेदवार पहिले पनि काँग्रेसका तर्फवाट निर्वाचनमा उठेका थिए । त्यसबेला उनले ३६ मतले हारेका थिए ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिकाको वडा नम्वर १६ मा पनि नेकपाले जितेको स्थान काँग्रेसले उछिटाएको छ । नेकपा अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र अन्र्तगत पर्ने यो वडामा काँग्रेसका अमृत हमाल विजयी बनेका हुन् । उनले नेकपाका उम्मेदवार भक्तराज हमाललाई पराजित गरेका थिए ।
गत स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेले प्यानल नै जितेको यो वडामा वडाध्यक्ष चर्तुमान गुरुङको क्यान्सरका कारण निधन भएपछि उपचुनाव भएको थियो । काँंग्रेसका उम्मेदवार हमाल ३१८३ मत ल्याउदै विजयी भएका छन । नेकपाका उम्मेदवार हमालले २८७५ मत ल्याएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाम-२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता
इलाम २ र बझाङ १ को उपचुनाव : २४ चैतमा उम्मेदवारी दर्ता
इलाम-२ को उपचुनावमा उम्मेदवारी दिने युवा उद्यमी शाहीको घोषणा