काठमाडौँ । इलाम-२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।
फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका छन् । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका काँग्रेस उम्मेदवार डम्बर खड्का ३४५ मतले पछाडि परेका छन् । उनले दुई हजार १९७ मत पाएका छन् ।
त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ हजार गणना हुँदा रास्वपाका उम्मेदवार लिम्बुले पाए १९४५ मत
इलाम-२ मा कांग्रेसको सुरुवाती अग्रता