प्रहरी प्रधान कार्यलयद्धारा लिखित परीक्षाको नतिजा प्रकाशित

बुधबार, २४ माघ २०७४, १७ : ५८
प्रहरी प्रधान कार्यलयद्धारा लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फका प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक  पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।  नेपाल प्रहरीद्वारा गत साउन ३१ गते प्रकाशित बिज्ञापनअनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको  लिखित परीक्षाको नतिजा बुधबार प्रकाशित गरिएको हो ।

उक्त परीक्षामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरुको विवरण तथा विशेष स्वास्थ्य परीक्षणको तालिका नेपाल प्रहरीको वेवसाईटमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस