काठमाडौँ । अवैध लागू औषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल भारत सीमाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गर्यो ।
पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र सोही नगरपालिका–६ बस्ने ३० वर्षीय गणेश पाण्डेय रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर लागूऔषध नियन्त्रण शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यता रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ पाखापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका डेरा गरी बस्ने गुल्मी रिडि घर भएका २४ वर्षीय अजय सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, प्रहरी बिट जितगढि किल्ला र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टा पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टाबारी स्टाफ चोक बस्ने २० वर्षीय विपिन माझीलाई बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवनको भरतपुर महानगरपालिका–७ कृष्णपुर बस्ने ३२ वर्षीय सजीव महतोलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय ३० मिलिग्राम सहित बिहीबार राती प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असोज २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
जबरजस्ती करणीको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
वैदेशिक रोजगारको सपना देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ
बाराबाट ५ जना फरार प्रतिवादीहरू पक्राउ
वीरगन्जबाट आजपाका नेताहरू पक्राउ