महिलामाथि डोजर चलाउने किशोर बोहरा पूर्पक्षका लागि जेल चलान

सफल खबर संवाददाता

सोमबार, ०२ मंसिर २०७६, १२ : १०
महिलामाथि डोजर चलाउने किशोर बोहरा पूर्पक्षका लागि जेल चलान

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक  किशोर बोहरा पूर्पक्षका लागि जेल चलान भएका छन् । 
बैतडी जिल्ला अदालतका जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो । चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । 
गत कात्तिक ४ गते सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले पेलेको थियो । लगत्तै डोजरले पेल्ने चालक किशोर बोहरालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस