काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन तथा सचिवालयका सल्लाहकार र कर्मचारीलाई राजीनामा गराउने तयारीसंगै मुख्यमन्त्रीहरुलाई समेत राजीनामा गराउने तयारीमा सत्तारुढ दल र सरकार पुगेको छ ।
सत्ता सञ्चालनमा ब्यापक हेरफेर र सघन तयारी थालेको सरकारले मुख्यमन्त्रीलाई राजीनामा गराउने तयारी थालेको स्रोतको भनाई छ । प्रदेश प्रमुख फेरेलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सल्लाहकार र सहयोगीलाई एकैपटक बिदा दिएका थिए । नयाँ प्रदेश प्रमुख, नयाँ सचिवालयपछि नयाँ मन्त्री परिषद निर्माणमा नेकपा अध्यक्षद्वय जुटेको श्रोतको भनाई छ ।
‘केन्द्रदेखि प्रदेशसम्म जनमुखी परिणाम ल्याउन मन्त्री र मुख्यमन्त्री फेर्ने तयारी थालिएको हो’ नेकपाका एक नेताले भने, ‘केन्द्रका मन्त्री र मुख्यमन्त्री एकैपटक हेरफेर पनि हुन सक्छ ।’ प्रधानमन्त्री ओली केही मुख्यमन्त्रीसँग सन्तुष्ट छैनन् ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जनविरोधी हर्कत नगर्न कोशीका मुख्यमन्त्री कार्कीको चेतावनी
मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
सर्लाहीका १९ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
सुदूरपश्चिममा मुख्यमन्त्रीले बोलाएको बैठक निष्कर्षविहीन
त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे