पोखरा । मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहनु भएकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गर्नुहुने भएको छ ।
रविन्द्रले आफ्नो जीवनको बाल्यकाल विताएको र राजनीतिक जीवनको शुरूवात गरेको सो स्थानका स्थानीयबासी सँग अन्तरक्रिया र भेटघाट गरेर उहाँले आफ्नो चुनावी अभियान शुरू गर्न लाग्नु भएको नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले बताउनु भयो ।
विगतका तीनवटा निर्वाचनमा लगातार सो क्षेत्रबाट बिजयी रविन्द्र राजनीतिक रूपमा अव्वल नेताको पहिचान बनाउन सफल हुनु भएको थियो । उक्त स्थानलाई आफ्नो पनि राजनीतिको प्रेरणापुञ्ज भएको भन्दै विद्याले सोही क्षेत्रबाट निर्वाचन अभियान शुरू गर्न चाहनु भएको हो । सो क्षेत्रबाट आशिर्वाद ग्रहण लगतै शहीदहरूको शालिकमा माल्यारपण गरी कार्तिक २१ गते जिल्ला पार्टी कार्यालय शान्तिवनबाट आमजनसमुदायको सहभागितामा निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीले हेलिकप्टर दुर्घटना परी निधन भएपछि पार्टीले उक्त क्षेत्रमा विद्यालाई उम्मेदवारको रूपमा अघि सारेको हो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न आवश्यक : शिक्षामन्त्री भट्टराई
विश्वविद्यालयमा बन्द, हडताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई
त्रिविको जग्गा छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छ: मन्त्री भट्टराई
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छ: शिक्षामन्त्री भट्टराई
शिक्षामन्त्री भट्टराईद्वारा १०० दिने उपलब्धी सार्वजनिक
रोजगारीको अवसर नहुँदा युवाहरु पढ्न देश बाहिर जान थाले: शिक्षामन्त्री भट्टराई