सिन्धुपाल्चोक। मागा देउरालीबाट काठमाडौं जाँदै गरेको शैलुङ्गेश्वरीयातायातको बा२ख ७२४५ नम्बरको बस आइतबार मध्याह्न सिन्धुपाल्चोकको सुकुटेनजिकै सुनकोसीमा खस्दा १७ जनाको मृत्यु भएको छ।आइतबार राति अबेरसम्ममा १ पुरुष, ७ महिला, ४ बालक र २ बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
उहाँका अनुसार मृतकमध्ये १४ जनाको पहिचान खुलेको छ भने यो समाचार तयार पार्दासम्म अन्य ३ जनाको सनाखत हुनसकेको छैन।६५ जनाभन्दा बढी यात्रु बोकेर आएको उक्त बस १२ बजेपछि बलेफी–४ छातिखोलास्थित राजभण्डारी भोजनालयमा खाना खुवाएर काठमाडौंतर्फ लाग्दा करिब १० किलोमिटर पर सुकुटेनजिकै पुगेर दुर्घटनामा परेको हो।
दुर्घटनास्थलमा भेटिनुभएका स्थानीय प्रत्यक्षदर्शी प्रकाश खड्काका अनुसार तीव्र गतिमा आइरहेको उक्त बस अचानक सडकबाट उछिट्टिएर एक बल्ड्याङ खाँदै खोलामा खस्यो। बस खसेपछि स्थानीयबासी उद्धारमा जुटे। नजिकैको सुकुटे बिच रिर्सोट, भोटेकोसी रिर्सोटबाट बोट लिएर र्याफ्टिङ गाईडहरू उद्धारमा खटिएका थिए।
उनीहरूले २० जनाभन्दा बढीलाई उद्धार गरी अस्पताल पठाएका थिए। उनीहरूका कारण थप मानवीय क्षति हुन पाएन। ‘आत्तिएर कतिपय त खोलामै हाम फाले’, प्रत्यक्षदर्शी खड्काले भन्नुभयो– ‘उनीहरूलाई खोलाले बगाएर लगिहाल्यो।’
कसरी खस्यो बस ?
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित अरनिको राजमार्गमा अनियन्त्रित भई बस सडकबाट करिब ५ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो।भरस्पिडसँगै स्टेरिङ टायरेट फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
ओभरस्पिडमा रहेको र स्टेरिङ काट्ने टायरेट खुस्किएर बस चालकको नियन्त्रणभन्दा बाहिर गएको हुनसक्ने बस चालकहरूको अनुमान छ। तर तीव्र गतिकै कारण दुर्घटना हुनसक्ने लामो समयदेखि बस चलाउँदै आएका प्रत्यक्षदर्शी खड्काले बताउनुभयो। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १८ कार्तिक २०७६, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक फरार
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
अमेरिकामा अर्को विमान दुर्घटना
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते
भक्तपुरमा भएको दुर्घटनामा २३ वर्षीया युवतीको मृत्यु