कैलाली । कैलालीको पहलमानपुरमा बसको ठक्करबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । आज साँझ महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे१ख १७३२ नंको यात्रुवाहक बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से३प ६३७६ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताउनुभयो ।
बसले मोटरसाइकललाई ठक्कर दिँदा घोडाघोडी–१० पहलमानपुरका रामबहादुर चौधरीको घटनास्थलमै र सोही ठाउँका मानबहादुर चौधरीको प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि विरोधमा आफन्तले शव नउठाइ राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्गमा टायर बालेर घटनाको विरोध गर्दै राजमार्ग अवरुद्ध छ ।
राजमार्गमा भएको शव नउठाउँदा राजमार्ग अवरुद्ध भई छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधन नचलेपछि यात्रु अलपत्र परेका छन् । बस चालक बाँकेका ३२ वर्षीय डिल्लीबहादुर योगीलाई इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक हरिशरण भट्टले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १७ कार्तिक २०७६, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
दाङमा विंगर गाडी दुर्घटना : दुई जनाको मृत्यु, १२ घाइते
झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु
बुटवलमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना, पतिको मृत्यु, पत्नी र छोरासहित ५ जना घाइते
जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु