नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, ०८ : ०५
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

फाईल फोटो

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । यो सडकखण्डको जलविरेमा बिहान ७ बजेतिर पहिरो गएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । 

गाडी नचलेपछिे यात्रु बाटोमै रोकिएका छन् । अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा याममा पटक–पटक पहिरो जाँदा यो सडक खण्डमा यात्रुलाई सास्ती हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस