बसको ठक्करबाट कारमा सवार १ जनाको मृत्यु, ४ घाईते

सफल खबर संवाददाता

शनिबार, ०७ असार २०७६, २० : २३
बसको ठक्करबाट कारमा सवार १ जनाको मृत्यु, ४ घाईते

चितवन । नारायणगढ मुग्लीन सडकमा पर्यटक बसले कारलाई ठक्कर दिदा सनिवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाका ४८ वर्षीय होम बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
बा १ प ५०५ नम्बरको पर्यटक बसले ग १ च ७३०८ नम्बरको कारलाई भरतपुर महानगरपालिका २९ रिग्दी खोलामा अपरान्ह ४ बजे ठक्कर दिँदा ५ जना घाईते भएका थिए । उनिहरुमध्ये थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । 
अन्य ४ जना मध्ये २ जनाको चितवन मेडिकल कलेजमा, १ जनाको भरतपुर अस्पतालमा र एक जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

ट्याकरमा कार ठोक्कीदा ४ जना घाईते
यस्तै नारायणगढ मुग्लीन सडकको भरतपुर २९ केराबारी खण्डमा ट्यांकरमा कार ठोक्कीदा ४ जना घाईते भएका छन । ग १ च ९७०० नम्बरको कार सडक छेउमा कोल्टीएको ना १ क ५४२७ नम्बरको पानि ट्यांकरमा ठोक्कीदा कारमा सवार उनिहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । साँझ ५ः२० बजेको समयमा भएको सो दुर्घट्नामा परी घाईते भएकामध्ये २ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको अवस्था सामान्य रहेको छ । घाईते सवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस