काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज भक्तपुरमा नागरिक अभिनन्दन गरिएको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति, भक्तपुरले विशाल ¥यालीसहित सूर्यविनायकमा उहाँको अभिनन्दन गरेको हो ।
विभिन्न सङ्घसंस्थाको सहभागितामा बाजागाजासहित मध्यपुरथिमिको बाहाखाबजारबाट शङ्खधर चोकसम्म सांस्कृतिक ¥याली निकालिएको थियो । दत्तात्रयबाट जोशीलाई गाडीमा राखेर बाजागाजा तथा ¥यालीसहित भक्तपुर नगरको विभिन्न क्षेत्रको परिक्रमा गरी सूर्यविनायकमा अभिनन्दन गरिएको थियो । अभिनन्दनमा नेवारी परम्परानुसार जोशीलाई सगुन दिनुका साथै साहित्यकार तेजेश्वरबाबु ग्वङ्गःले बेताली, साहित्यकार रमापतिराज शर्माले दोसल्ला, श्रीगोपाल प्रजापतिले फूलमाला तथा पूर्णप्रसाद बैद्य तथा कैलाशभक्त प्रधानाङ्गले टीका लगाएर अभिनन्दन गर्नुभएको थियो ।
कार्यक्रममा सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र कार्यक्रम संयोजक नरेन्द्रभक्त हाडाले जोशीलाई अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा जोशीले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा पु¥याउनुभएको योगदानको चर्चा गरिएको थियो ।
वरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थ र जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले जोशी देशकै गहना भएकाले उहाँको योगदानलाई सधँै स्मरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जोशीले नेपालको विभिन्न भाषा, संस्कृति, कला, साहित्यलाई सधैँ जीवित राख्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०६ असार २०७६, २१ : ००
लेखकबाट थप