चितवन । चितवनमा एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । भरतपुर २९ कविलासका २३ वर्षीय ठूलनानी भनिने सुनिता परियार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनाबारे जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली अहिले त्यसतर्फ प्रस्थान गरेको छ । के कारण ले घटना भयो ? भन्नेबारे खुलि नसकेको प्रहरीले जनाएको छ ।
परियार विहीबार साँझ पौने ५ बजे कोठाको बलोमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेको भनी खबर आएको प्रहरीले जनाएको छ ।
उनी यसअघिदेखि नै श्रीमान्सँगै सोही स्थानमा कोठा भाडामा लिएर बस्दै आएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस