चितवन । विश्व वातावरण दिवसको अवसरमा ‘वातावरण र यसको संरक्षण’ विषयक दुई दिने सेमिनार मंगलबार (आज) भरतपुरमा सम्पन्न भएको छ ।
सोमबार र मंगलबार चलेको सेमिनार चितवनका युवाहरुको संघसंस्थाको छाता समूह टिम चितवनको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनको सहयोगमा भरतपुरस्थित क्यान्सर अस्पतालको सभाहलमा भएको थियो ।
सेमिनारको दोस्रो दिन मंगलबार महिलाहरुलाई वातावरण संरक्षण र यसको महत्वको बारेमा प्रशिक्षण दिइएको छ । कार्यक्रम संयोजक रेशमराज थापा (ऋषि)का अनुसार तुलसी ज्ञवालीले महिलाहरुलाई प्रशिक्षण दिएका थिए ।
सेमिनारको पहिलो दिन सोमबार प्रदेश ३ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कार्यक्रमको उद्घाटन गरेका थिए । करिव पाँच सय युवाहरु सहभागि सो कार्यक्रममा वातावरणविद् डा. अनुप गुरुङ र सुशील कुमार कार्कीले वातावरण संरक्षण र यसको महत्वको बारेमा आफ्नो प्रस्तुती दिएका थिए ।
प्रतिक्रिया दिनुहोस