विश्वको प्रभावशाली महिला सूचीमा भूमिका

सफल खबर संवाददाता

विहीबार, १६ जेठ २०७६, १४ : ११
विश्वको प्रभावशाली महिला सूचीमा भूमिका

काठमाडौं । लिंग परिवर्तन गरेर पुरुषबाट महिला बनेकी भूमिका श्रेष्ठ विश्वको सयौं प्रभावशाली ब्यक्ति मध्येमा छानिएकी छिन् । बेलायती संस्था अ ओलिटिकलले लैंगिक समानताका क्षेत्रमा काम गर्ने  महिलाहरुको सूची तयार पार्ने क्रममा भूमिका परेकी हुन् ।
करिब ९ हजार प्रतिस्पर्धीमध्येबाट नेपालकी भूमिका श्रेष्ठ पनि छानिएकी संस्थाले जनाएको छ । तेस्रोलिंगी समुदायको हक, अधिकार र लैंगिक समानताका लागि आवाज उठाएको भन्दै उक्त संस्थाले भूमिकालाई विश्वका सयौं प्रभावशाली ब्यक्तिको सूचीमा समावेश गरेको हो । श्रेष्ठको असली नाम भने कैलाश श्रेष्ठ हो । उनले जन्मिँदा पुरुष भएपनि पछि लिंग परिवर्तन गरेर भूमिका श्रेष्ठको रुपमा आफूलाई स्थापित गरेकी हुन् । तेस्रोलिंगीका समुदायका मानिसहरुले पनि आत्मसम्मानका साथ बाँच्न पाउनु पर्ने भन्दै उनी निरन्तर तेस्रोलिंगीको अधिकारको पक्षमा वकालत गर्दै आइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस