भरतपुर नगर युवा क्लवको संयोजकमा सन्देश

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, २१ : १७
भरतपुर नगर युवा क्लवको संयोजकमा सन्देश

चितवन । भरतपुर महानगरपालिकाको नगर युवा क्लव सञ्जालको संयोजकमा सन्देश वाग्ले रहने गरी ११ सदस्य युवा संञ्जाल समितिको गठन गरीएको छ ।
बुधवार गठन गरीएको सञ्जालको सह संयोजकमा आरती घिमिरे, सचिवमा अमित सापकोटा र सह सचिवमा सरोजा देवकोटा चयन हुनुभएको छ । यस्तै सदस्यहरुका सुन्दर तमाङ्ग, समिर गोदार, अजय ढकाल, प्रिया गैरे, गृस्मा आचार्य, सुजता अर्याल, सुविना कंडेल रहनुभएको छ ।
महानगरपालिका भित्रका वडा स्तरका क्लवहरुलाई जोड्ने , महानगरपालिकालाई युवा मैत्री बनाउने उद्धेश्यले सञ्जालको गठन भएको भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत रुद्र पौडेलले जानकारी दिनुभएको छ ।
सञ्जालले महानगरको बजेट युवा मैत्री बनाउन के गर्ने भन्ने बारे छल्लफल गर्ने र महानगरका युवा सम्बन्धि कार्यक्रम हरु कार्र्यन्वयनमा सहज गराउन भुमीका समेत खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस