आर्थिक वर्ष २०७६/७७ को बजेट

सबै प्रदेशमा कम्तीमा २ ठूला विद्युत वा सौर्य ऊर्जा आयोजना

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १८ : ११
सबै प्रदेशमा कम्तीमा २ ठूला विद्युत वा सौर्य ऊर्जा आयोजना

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै सबै प्रदेशमा कम्तीमा २ ठूला विद्युत आयोजना वा सौर्य ऊर्जा आयोजना स्थापना गरिने जानकारी गराउनुभयो । सरकारले उर्जा क्षेत्रमा ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ ।

ग्रामिण विद्युतिकरणको लागि ४ अर्ब ५० करोड विनियोजन गरिएको र फोहोरबाट ऊर्जा उत्पादनका लागि प्रोत्साहन गर्ने घोषणा सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस