चर्को आलोचना खेपेर भएपनि सांसदलाई ६ करोड

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १८ : ०९
चर्को आलोचना खेपेर भएपनि सांसदलाई ६ करोड

काठमाडौं । सरकारले चर्को आलोचना खेपेर भएपनि सांसदलाई ६ करोड वितरण गर्ने भएको छ । विकास कार्यमा संघीय सांसदहरुको सहभागिता गराउने भन्दै रकम विनियोजन गरेको छ ।

सांसदलाई पैसा बाँडेर विकास नहुने भन्दै अर्थविज्ञहरुको चर्को आलोचना खेपेर भएपनि अर्थमन्त्री डा। युवराज खतिवडाले सांसदहरुलाई ६ करोड रुपैयाँ बाड्ने निर्णय लिएका हुन् ।

बुधबार बसेको संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६ र ७७ को बजेट सार्वजनिक गर्दै अर्थमनत्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रम अन्तर्गत प्रति निर्वाचन क्षेत्र ६ करोड रुपैयाँका दरले ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभएको छ । 


 

प्रतिक्रिया दिनुहोस