काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी फोरमसँग पार्टी एकतापछि नयाँ शक्तिमा रहेका कतिपय नेताहरु असन्तुष्ट बनेका हुन् ।
बाबुरामले एकीकरणका क्रममा उपेन्द्रहरुसँग समर्पण गरेको भन्दै असन्त्ुष्ट वनेकाहरुले गोप्य भेला गरी छुट्टै बिचार समुह वनाउने तयारी गरेका छन् ।
असन्तुष्ट पक्षका एक नेताले सफल खबरलाई दिएको जानकारी अनुसार, अहिले विहान ८ वजे यो समुहको ललितपुर ढोलाहिटीमा गोप्य भेला गदैछ ।
यो भेलामा पूर्वमन्त्री तथा नेतृ कल्पना धमाला, देवेन्द्र पराजुली, रामरिझन यादव, मदन राई, सोनाम सिंह स्याङतान,नारायण तिवारी लगायत वावुरामको नयाँ शक्तिका केन्द्रीय समितिमा रहेका नेताहरु सहभागी हुँदैछन् ।
धमला नयाँ शक्तिको ९ जना पदाधिकारी मध्येमै थिइन् , स्याङतान नयाँ शक्तिको ३ नम्वर प्रदेशका इन्चार्ज थिए । मदन राई कृर्षि विज्ञ हुन भने यादव वावुराम भट्टराई प्रधानमन्त्री भएका वेलाका प्रेस सल्लाहकार थिए ।
पार्टीभित्र प्रर्याप्त छलफल बिनै उपेन्द्रको पार्टीसँग एकता गरिएको, एकता गर्दा असन्तुलनकारी नीतिका आधारमा समर्पण गर्ने गरी भएको, पार्टीका एजेण्डा छोडेर उपेन्द्रकै पार्टीको एजेण्डा, नाम, झण्डा र चुनाव चिन्ह्सम्म प्रयोग गर्ने निर्णयमा पुगेर वावुरामले पार्टी उपेन्द्रलाई वुझाएको उनीहरुको धारणा छ ।
हाम्रा एजेण्डा सवै छोडिएको छ, यो सरासर आत्मसर्मपर्ण जस्तो देखिन पुगेको छ, असन्तुष्ट मध्येकै एक नेताले भने, हामी समर्पण स्वीकार गदैनौं, छुट्टै बिचार समुह वनाउँछौं ।
उनका अनुसार ढोलाहिटीमा वस्न लागेको असन्तुष्ट पक्षको गोप्य भेलाले नेतृ कल्पना धमलाको नेतृत्वमा छुट्टै बिचार समुह वनाउने, आन्तरिक छलफल, वहस चलाउने र आवश्यकताका आधारमा नयाँ राजनीतिक धुव्रिकरणको वहस चलाउने योजनामा असन्तुष्ट पक्ष छन् ।
समाजको मनो विज्ञान, आम मान्छेको मनोविज्ञान वुझदै नवुझि एकीकृत पार्टी समाजवादी पार्टी नेपालको एजेण्डा तय गरेको भन्दै उनीहरु असन्तुष्ट छन् ।
जातियता मुद्दा, ११ राज्य को परिकल्पनाजस्ता कुरा सोसाइटीलाई फेरि पछाडी धकेल्ने कुरा भएको र त्यो एजेण्डा अहिले समायकी नभई वासी एजेण्डा भएको असन्तुष्टहरुको भनाई छ ।
पार्टी एकता पूर्व बसेको केन्द्रीय समिति वैठकमा वावुरमाले वहस खुल्ला गदै नगरी हतारमा एकतामा लगेको उनीहरुको भनाई छ ।
‘लोकतान्त्रिक अभ्यास नै भएन । हामीले उठाउँदै आएको ५ स को एजेण्डा छोडियो । सदाचार भन्ने विषय थिए । ब्यानरवाट हटाए, आत्मसर्मपर्ण जस्तो भयो ।’ ती नेताले सफल खवरसँग भने,– ‘पार्टीहरु मिल्नु पर्छ, प्रत्यक्ष कार्यकारीमा जाने, तराई मधेस सवैतिर मिलाउने कुरा सकारात्मक हो । तर अरु विषयमा वासी एजेण्डा बोक्ने काम भयो । यो अहिले ठीक छैन ।’
त्यसो त असन्त्ुष्ट पक्षले फोरमकै पार्टीको झण्डा हु वहु कपी भएको , पार्टीको नाममा फोरमको समाजवादी लिएपनि नयाँ शक्तिको केही नलिएको, चुनाव चिन्ह पनि फोरमकै प्रयोग गर्ने भित्री सहमति गरेको, आफु परिषद अध्यक्ष वस्ने उपेन्द्र्रलाई कार्यकारी केन्द्रीय समितिको अध्यक्षको जिम्मा दिएको, पदाधिकारीमा १६ र ९ जना राख्ने, केन्द्रयि समितिमा पनि सन्तुलन नमिलाउने जस्ता कारणले पनि बाबुरामले उपेन्द्रसँग समर्पण गरेको वताएका छन् ।
‘आज हामी एउटा आन्तरिक छलफल गदैछौं, त्यसपछि एउटा दृष्टिकोण तय हुन्छ । एजेण्डा देखिने गरी मिस भयो । ५ स गयो, सवै कुरा गयो त्यसैले पनि हामी विचार समुह वनाउने तयारीमा छौं ’ ती नेताले भने, ‘यो भेलावाट ठोस रणनीति वनाउने , सम्वोधन हुन सक्ने नसक्नेमा छलफल चलाउने , भएन भने नयाँ राजनीतिक कोर्स शुरु गर्ने तयारीमा छौं । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ बैशाख २०७६, ०७ : ०३
लेखकबाट थप