सरकारी जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै कारवाही भोग्न तयार छु : विष्णु पौडेल

सफल खबर संवाददाता

सोमबार, २३ बैशाख २०७६, १५ : १२
सरकारी जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै कारवाही भोग्न तयार छु : विष्णु पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा प्रकरणमा आफू दोषी देखिए जस्तोसुकै कारवाही भोग्न तयार रहेको बताएका छन् ।

सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले उक्त सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन आफ्नौ कुनै संलग्नता नभएको दावी गरे ।  महासचिव पौडेलले त्यसबारे आफुले विज्ञप्तिमार्फत सत्य–तथ्य यसअघि जानकारी गराइसकेको स्मरण गराए । 

उनले बालुवाटारको सरकारी जग्गा हिनामिनाबारे आफुुसहित शेरबहादुर देउवा, माधव नेपाल र बाबुराम भट्टराई समेतको नाम जोडेर आएका समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए । उनले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताए । ‘ललिता निवासको जग्गा प्रकरणका सम्बन्धमा छानविन होस्,सत्य–तथ्य सार्वजनिक होस्, दोषीलाई कडा कारवाही होस् भन्ने माग गर्छु । र, म आफु दोषी ठहर भएमा जुनसुकै कारवाही भोग्न तयार रहेको पनि स्पष्ट गर्न चाहान्छु’ उनले भने । 


 

प्रतिक्रिया दिनुहोस