घनश्याम भुषालले भने , ‘प्रचण्ड गणतन्त्र ल्याउने उत्पातका नेता हुन्’

सफल खबर संवाददाता

सोमबार, २३ बैशाख २०७६, ०९ : ३२
घनश्याम भुषालले भने , ‘प्रचण्ड गणतन्त्र ल्याउने उत्पातका नेता हुन्’

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गणतन्त्र ल्याउने एउटा उत्पातको नेता भएको वताएका छन् ।
कार्ल माक्र्सको २०१ औं जन्म दिवसमा आयोजित समाजवाद र समृद्धि : हामी काहाँ छौं ? कार्यक्रममा प्रमुख अतिथि वनाईएका प्रचण्डको भुषालले तारिफ गदै त्यस्तो वताएका हुन् ।

स्न १९६० देखिका कम्युनिष्ट विद्रोहहरु प्रतिक्रियावादीहरुले कुल्चेपनि नेपालमा प्रचण्डले नेतृत्व गरेको १० वर्षे युद्दले गणतन्त्रमा मुलुकलाई अवतरण गराएको भन्दै भुषालले प्रचण्डलाई गणतन्त्रको नेता वताएका हुन् ।

‘१९६० पछि धेरै ठाउमा विद्रोहरु भए । खासगरी शसस्त्र विद्रोह भए । कम्युनिष्ट पार्टीले शसस्त्र विद्रोह शुरु गरे । त्यसले समाजमा के प्रभाव पा¥यो, त्यसको अर्काे विश्लेषण होला ।’ भूषालले प्रचण्डको प्रशंसा गदै भने, ‘तर एक हिसावले भन्ने हो भने सवैजसो विद्रोह प्रतिक्रियावादी दमनमा कुल्चिएर मारिए । कमरेड प्रचण्ड तपाईले चलाएको युद्ध गणतन्त्रको उदेश्यका साथ चलेको युद्धका कुरा गर्ने हो त्यो युद्धलाई गणतन्त्रमा अवतरण गर्ने त्यो एउटा उत्पात, उतारचढावपूर्ण झन्झावादको तपाई नेता हुनुहुन्छ ।’

समय को वस्तुगत परिस्थिती, रणनीति र कार्यनीतिलाई वुझेर निर्णयमा क्रमभंगता गर्न सक्ने खुवी वनाएका प्रचण्डलाई कतिपय नेताहरुले अस्थिर को आरोप लगाएपनि भुषालले भने प्रचण्डको प्रसंसा गरेका हुन् । तत्कालिन एमाले धारका नेता भुषाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई पु¥याएको योगदानको मुक्त कन्ठाले स्वागत गर्छन् ।  उनले भने, ‘कमरेड प्रचण्डले युद्दलाई समय अनुसार अवतरण गराउन सफल हुनुभयो । मुलुकमा गणतन्त्र ल्याउने नेता बन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस