प्रदेशसभा ज्येष्ठ सदस्यद्धारा शपथग्रहण

आइतबार, ०७ माघ २०७४, ११ : १४
प्रदेशसभा ज्येष्ठ सदस्यद्धारा  शपथग्रहण

पोखरा । प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले उनलाई शपथग्रहण गराए ।
समारोहमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल,पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीलगायतको उपस्थिति थियो ।
ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने कार्यक्रम छ ।(रासस)

 

प्रतिक्रिया दिनुहोस