अजिनोमोटोको सेवनले क्यान्सर हुन सक्छ

मंगलबार, ०३ बैशाख २०७६, १८ : ०२
अजिनोमोटोको सेवनले क्यान्सर हुन सक्छ

चितवन । नेपाली भान्सामा पछिल्लो समय प्रयोग भइरहेको अजिनोमोटोको सेवनले क्यान्सर हुन सक्ने चिकित्सकहरुले बताएका छन् । एमएसजीयुक्त चाउचाउ, स्नाक्स, चिजबलस, कुरकुरे, सोया सस, आलु चिप्स, अचार,सलाद, तरकारी मसला दगायत खाद्य वस्तुमा अत्यधिक मात्रामा अजिनोमोटो प्रयोग गर्ने हुने गरेको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. समिर शर्माका अनुसार यसको सेवनले पेट डुम्म हुने, तातो चिसो अनुभव हुने, पसिना आउने, निन्द्रा नलाग्नेदेखि क्यान्सरसम्म हुन्छ ।
डा शर्माले नेपालमा अन्य देशको तुलनामा यसको आयत वृद्धि हुदै गएकाले नेपालीको भान्सामा भातमा पनि स्वाद ल्याउन प्रयोग गर्न थालिएको बताउनुभयो ।
उहाँले भारत, पाकिस्तान लगायत ५० वटा देशहरुमा उत्पादन, आयत, निर्यातमा प्रतिबन्ध भइसकेको बताउनुभयो ।
मानव स्वास्थ्थमा प्रतिकुल असर गर्ने अजिनोमोटो आयात बढ्दै गएको छ । चाउचाउ लगायत बजारमा पाइने जंकफुडलाई स्वादिलो पार्न यसको प्रयोग हुन थालेपछि यसको आयात बढेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भनाई छ ।
विभागको तथ्थांकअनुसार नेपालमा पछिल्लो समय वार्षिक दुई हजार टन अजिनोमाटो आयात हुन्छ । दुई वर्ष अघिसम्म यो पाँच सय टनमा सीमित रहेको सरकारी तथ्थांक छ । सरकारले कुन खाद्य पदार्थमा कति मात्रामा अजिनोमोटो प्रयोग गर्ने भन्नेमा प्रष्ट नीति नबनाउँदा यसको आयात बढेको हो ।
अजिनोमोटोको प्रयोगले शरीरमा इन्सुलिनको मात्रा बढ्छ । जब अजिनोमोटोयुक्त खानेकुरा सेवन गरिन्छ, रगतमा ग्लूटामेटको स्तर बढ्छ । यहि कारण शरीरमा गंभरि असर पर्छ ।
यसलाई मन्द विष समेत भनिन्छ । किनभने अजिनोमोटोले क्रमस शरीरका विभिन्न अंगका कार्यक्षमतालाई कमजोर बनाउँदै लान्छ । खासगरी यसले आँखाको रेटिनामा नोक्सान र्पुयाउँछ । थाइरायड र क्यान्सर जस्ता रोगलाई समेत निम्त्याउँछ ।

के हो अजिनोमोटो

यसलाई मोनोसोडियम ग्लूटामेटको नामले चिनिन्छ । खासगरी चीनको अधिकांश खानेकुरामा यसको प्रयोग हुन्छ । धेरैजसो फास्टफूडमा अजिनोमोटो प्रयोग गरिन्छ ।

अजिनोमोटोले टाउको दुख्ने, अधिक पसिना आउने, चक्कर लाग्ने जस्ता समस्या निम्त्याउँछ । यदि यसको अधिक प्रयोग गरिएको छ भने त्यसले मस्तिष्कलाई समेत असर र्पुयाउँछ ।

अजिनोमोटोको प्रयोगले शरीरमा पानीको मात्रा कम हुन्छ । अनुहार सुन्निन सक्छ । सास फेर्न गाह्रो हुने, छाती दुख्ने, थकान लाग्ने, तल्लो पेट दुख्ने, पखला लाग्ने जस्ता समस्या पनि यसले निम्त्याउँछ ।

गर्भको बच्चालाई गम्भीर हानी

खासगरी गर्भवतीले अजिनोमोटोको सेवन गर्नै हुन्न । किनभने यसले गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अवरोध पैदा गर्छ । साथै मस्तिष्कको न्युरोन्समा पनि नराम्रो असर पार्छ । यसले शरीरमा सोडियमको मत्रा बढाउँछ, जसले रक्तचाप बढ्ने खतरा रहन्छ । साथसाथै खुट्टा सुन्निने भय पनि हुन्छ ।

माइग्रेन 
अजिनोमोटोयुक्त खानेकुराको नियमित सेवनले माइग्रेन पैदा गर्न सक्छ ।
छातीमा असर
अजिनोमोटोको सेवनले छाती दुख्ने, मुटुको धड्कन बढ्ने समस्या हुन्छ ।

मोटोपन 
अजिनोमोटोयुक्त खानेकुराको सेवनले मोटोपन बढ्न सक्छ । हाम्रो शरीरमा रहेको लेप्टिन हर्मोन, जसले शरीरमा अधिक भोजन सेवन रोक्नका लागि मस्तिष्कलाई संकेत गर्छ । अजिनोमोटोले त्यसैलाई प्रभाव पार्छ र व्यक्तिले ओभरडाइट गर्छन् । यसले मोटोपन बढाउँछ ।
 

प्रतिक्रिया दिनुहोस