डिएनए अर्थात् डिअक्सिराइबोन्युलिक एसिड मानिसको वंशाणु गुण हो । डिएनए प्राणीमा भएको आनुवंशिक नियमावलीको अणु हो, जुन घुमाउरो सिँढीको आकारमा हुन्छ । अब जानौँ, यसबारेका केही तथ्य :
- डिएनएले जैविक जानकारी भण्डारण गर्छ, जो एक पुस्ताबाट अर्कोमा सर्छ ।
- डिएनएमा भएका सूचना बोक्ने अणुले मानिसको जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ ।
- संसारका जति पनि मानिस छन्, उनीहरूको डिएनएमा ९९.९ प्रतिशत समानता हुन्छ ।
- प्रत्येक मानिसमा ०.९ प्रतिशत डिएनएको संरचना मात्र फरक हुन्छ । जसबाट कुन मानिस हो भनेर पत्ता लगाउन सकिन्छ ।
- सन् १८७९ मा स्विस चिकित्सक फेडरिक मिसचेरले डिएनए पत्ता लगाएका थिए । पछि उनलाई नोबेल पुरस्कारबाट सम्मानित गरियो ।
- मानव शरीरका प्रत्येक कोषिकामा डिएनए हुन्छ । कोषिकाभित्र खुम्चिएर यो ०.९ माइक्रोमिटरको लम्बाइमा अटेको हुन्छ ।
- डिएनएमा जीवित प्राणीको सम्पूर्ण जानकारी रहेको हुन्छ, जो परीक्षण गर्दा पत्ता लाग्छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस