बिहेपछि महिलामा आउँछन् यस्ता परिवर्तन

बुधबार, २७ चैत्र २०७५, १४ : ५२
बिहेपछि महिलामा आउँछन् यस्ता परिवर्तन

विवाहपछि महिलामा शारीरिक तथा मानसिक रूपमा भिन्न परिवर्तन आउने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । विवाहपछि श्रीमान्सँग शारीरिक सम्बन्ध रहन्छ । यसकारण शरीर रिप्रोडक्सनका लागि तयार हुन्छ । यस क्रममा महिलाको शरीरमा एस्ट्रोजनलगायत कैयौँ हर्मोनको मात्रा बढ्न जान्छ । यस्तो हर्मोनले शारीरिक तथा मानसिक परिवर्तन देखिने गर्छ ।

- महिलामा बढ्ने हर्मोनले भोक बढ्ने, बोसो जम्मा हुने, तौल बढ्ने गर्छ ।

- विवाहका कारण महिलामा कैयौँ यस्ता हर्मोन बढ्ने गर्छ, जसले छालालाई नरम, चमकदार र स्वस्थ बनाउने गर्छ ।

- एस्ट्रोजन हर्मोन बढ्दा कपाल कालो र बाक्लो हुने गर्छ ।

- विवाहपछि महिलामा फ्याट बढ्ने गर्छ । पेट, थाई, हिप्स र चेस्टमा बढी मात्रामा फ्याट जम्मा हुन्छ ।

- महिलामा हुने एस्ट्रोजन हर्मोनले मुटुलाई सुरक्षा दिने काम पनि गर्छ । यसले शरीरको गन्ध पनि कडा बनाउँछ ।

- विवाहपछि हर्मोनको सक्रियता बढ्ने तथा तनाव पनि कम हुने हुन्छ । जसका कारण मस्तिष्क बढी सक्रिय र स्वस्थ रहन्छ ।

- महिनावारी भने ढिलो वा छिटो हुन सक्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस