चितवन मेडिकल कलेजद्वारा टेष्ट ट्यूव बेबी सेन्टर सञ्चालन

आइतबार, २४ चैत्र २०७५, १७ : ५३
चितवन मेडिकल कलेजद्वारा टेष्ट ट्यूव बेबी सेन्टर सञ्चालन

भरतपुर । चितवन मेडिकल कलेज (सिएमसी) ले जिल्लामै पहिलो पटक टेष्ट ट्यूव बेबी सेन्टर सञ्चालनमा ल्याएको छ । आइतबार सेन्टरको एक कार्यक्रमका बीच नेपाल सरकारका उपप्रधान एव्म स्वास्थ्यमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभयो । विश्ष्टिकृत स्वास्थ्य सेवा दिदै आइरहेको कलेजले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा स्त्री तथा प्रसुती विभाग अन्तर्गत अत्याधुनिक प्रजनन् संरक्षण सेवा प्रणालीसहितको टेष्ट ट्यूब सेन्टर सञ्चालनमा ल्याएको हो । 

सन्तानका रहर भएका नि : सन्तान दम्पतीले यो सेवा लिन यसअघि काठमाडौँ जानु पथ्र्यो । चितवन मेडिकल कलेजका स्त्री तथा प्रजनन् रोग विभागका प्रमुख डा. उपेन्द्र पण्डितले नेपालमा विवाहित भएका मध्ये १३ देखि १५ प्रतिशतमा बाझोपन हुने गरेको छ । बाझोपनकै कारण पछिल्लो समय श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदका घटनामा वृद्धि भइरहेको डा. पण्डितले बताउनुभयो । नेपालबाट खाडी मूलुकमा जाने ३८ प्रतिशत कामदारको गर्मी कारण शुक्रकिट घट्दै जाने जोखिम बढेको उहाँको भनाई छ । 

अस्पतालले स्वीडेन प्रविधिको लेजर जडित उपकरणमार्फत सेवा दिन लागेको हो । करिब ३ करोड रुपैयाँको लागतमा भित्र्याइएको अत्याधुनिक मेशनमार्फत निः सन्तानपन सम्बन्धी उपचार गरिने छ ।अस्पतालका अनुसार करिब डेढ लाखदेखि २ लाख ५० हजार रुपैयाँमा निः सन्तानपनको उपचार गरिन्छ । यो काठमाडौँभन्दा सर्वसुलभ रहेको अस्पतालको दाबी छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राज्य एक्लैले मात्र स्वास्थ्य क्षेत्रको विकास गर्न नसक्ने बताउनुभयो । मन्त्री यादवले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गर्न सकिने धारणा राख्नुभयो ।



‘सहज स्वास्थ्य सेवा दिन निजी क्षेत्रका अस्पतालको पनि उत्तिकै दायित्व छ, उहाँले भन्नुभयो,‘ पब्लिक र सरकार सँगसँगै यसको विकासमा अघि बढ्नुपर्छ । सरकार निजी क्षेत्रसँग पर्टनर भएर काम गर्न चाहान्छ ।’ ‘नयाँ स्वास्थ्य नीति निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ,उहाँले भन्नुभयो,‘यस नीतिमा पब्लिक पार्टनरसिपलाई प्रथामिकतामा राखेको छौ । सरकारले के सहयोग गर्नुपर्छ, त्यो गर्छौ ।’ स्वास्थ्यमन्त्री यादवले अहिले सर्ने भन्दा नसर्ने रोगले मर्नेको संख्यामा वृद्धि भएको भन्दै यसको निदान गर्न प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्नुभयो । 

‘नयाँ प्रविधिलाई अपग्रेड गर्दै उपचारसँगै अनुसन्धानमा लाग्ने समय आएको छ ,उहाँले भन्नुभयो,‘विदेश उपचार गर्न जाने परिपाटी अन्त्य गर्न प्रविधिमैत्री स्वास्थ्य सेवामै जोड दिनुपर्छ । ती विरामीलाई आफ्नै देशमा उपचार गर्न सके ठूलो धनराशी आर्जन गर्न सकिन्छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री एवम् सांसद सुरेन्द्र पाण्डेले निजी अस्पतालहरुले अनुसन्धान पाटोलाई महत्वको साथ अगाडि बढाउनुपर्ने बताउनुभयो । तत्काल दिइने स्वास्थ्य सेवाले केही मुनाफा दिएपनि अनुसन्धानले दिर्घकालिन फाइदा पु¥याउने बताउनुभयो । चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले निजी अस्पतालहरुले आफ्नो सेवालाई विश्ष्टिकृत गराउदै लैजानुपर्ने बताउनुभयो । 



सोही कार्यक्रममा बोल्नु हुँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले मेडिकल सिटीका रुपमा परिचित चितवनमा प्रविधियुक्त स्वास्थ्य सेवालाई जोड दिनुपर्ने बताउनुभयो । अस्पतालहरुले प्रविधिसँगै गुणस्तरलाई पनि प्रथामिकतामा राखेर स्वास्थ्य सेवा प्रवाह गर्न पर्नेमा उहाँकोे भनाई छ । कार्यक्रममा चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपाने, अस्पतालका निर्देशक दयाराम लम्सालले मन्तव्य व्यक्त गर्नुभएको थियो । 


 


 

प्रतिक्रिया दिनुहोस