नेपथ्यद्धारा बारा –पर्सा पीडितलाई सहयोग

सोमबार, १८ चैत्र २०७५, १७ : ००
नेपथ्यद्धारा बारा –पर्सा पीडितलाई सहयोग

काठमाडौँ । नेपथ्य ब्यान्डले नेपालय समूहसँग मिलेर बारा–पर्साका प्राकृतिक विपत्ती पिडितलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ । जीवन हो घाम छायाँ, सा कर्णालीजस्ता चर्चित गीत गाइसकेको नेपथ्यले नेपथ्य समूह–नेपालयको नामबाट प्रदेश २ मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरेको हो ।
नेपथ्य र नेपालयले आफूहरुले बारा–पर्साका पिडितलाई सहयोग गरेको बताउँदै सबैलाई सहयोगको लागि अपिल गरेका छन्। समूहले प्राकृतिक विपत्तीको घडीमा एकले अर्कालाई सहयोग गर्नुपर्ने बताएका छन्।आइतबार साँझ एक्कासि आएको हुरीको कारण बारा–पर्सामा ठूलो संख्यामा जनधनको क्षति भएको छ । जसमा ३१ जनाको को मृत्यु भैसकेको छ भने ४ सयको उद्धार गरिएको छ । जसमध्ये २ सय ८२ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस