मानसिक रोग विभिन्न किसिमका हुन्छन् । नेपालको सन्दर्भमा डिप्रेसन, एन्जाइटी डिसअर्डर, मानसिक असन्तुलन, नसासम्बन्धी रोग, रेबिज, छारेरोग आदि प्रमुख हुन् । त्यस्तै, रक्सीसेवनको लत, अनिद्रा, बालबालिकामा हुने बौद्धिक अपांगता, अटिजम, डिमेन्सिया (बिर्सने रोग) आदि समस्या पनि मानसिक रोग नै हुन् ।
पहिला–पहिला हिस्टेरियालाई सर्ने मानसिक रोगको रूपमा लिइन्थ्यो । तर, यो कन्भर्जन डिसअर्डर हो ।
अत्यधिक तनावका कारण पनि मानव शरीरमा असर पर्ने हुन्छ । जस्तै, बेहोस हुने, कराउने, चिच्याउनेजस्ता समस्या हुने गर्छ । प्रायः यस्तो समस्या किशोरीमा देखापर्ने हुन्छ । खासगरी, स्कुले छात्रा एकजना बेहोस भएमा अरू पनि बेहोस हुने हुन्छ । तर, यो सरुवा रोग भने होइन ।
- नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस