काठमाडौँ । कान्तिपुर टेलिभिजन बाट प्रत्येक बुधबार राति ७ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र "हर्के हल्दार" युट्युब ट्रेडिङ्गमा परेको छ । सम-सामायीक विषय वस्तुलाई ब्यङ्गत्माक तवरबाट सामाजिक सदभाव फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र "हर्के हल्दार" हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ । समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्रहार गर्दै आएको "हर्के हल्दार" ले निरन्तर रुपमा सफलता हासिल गर्दै गएको छ । अत्याधिक दर्शकहरुको रोजाइमा परेको यस टेलिचलचित्र युट्युबमा समेत लोकप्रिय बनेको छ ।
शिव शर्माको लेखन रहेको "हर्के हल्दार" को मुख्य भूमिकामा बिष्णु सापकोटा( हर्के र लाउरे) दोहोरो भूमिकामा, शिबहरि बैरागी(झम्के), सुरेन्द्र केसी (झगडे बिष्ने), जयनन्द लामा(ग्याल्बो), सुशील पोखरेल, मंजु श्रेष्ठ, रोशनी सापकोटा(बाहुनी), इन्द्र दोङ्ग खम्बे, सरु दाहाल(देउती), अश्मिता बस्नेत(थुम्की), शान्ति बस्नेत(बाग्मती), रचना पौडेल(बास्मती), शर्मिला शर्मा, राजेन्द्र गिरि(गुन्द्रुके),यदु धिताल,लक्ष्मण बस्नेत, निशान चिल्वाल, धर्मराज जैसी(जोगेलो), दिपेन्द्र सिलवाल, श्याम लामा, खेम खनाल तथा मिना राइ रहेका छन l छायाँकार बुद्ध थापाको छायांकन रहेको यस टेलिचलचित्रको मेकअपमा नमराज बखती तथा संजय लामा रहेका छन् भने सम्पादनमा राज कार्की रहेका छन् l
निर्माता इन्द्र दोङ्ग लामाको निर्माण रहेको यस चर्चित हास्यब्यङ्ग टेलिचलचित्र "हर्के हल्दार"लाइ हर्के हल्दार टिमले निर्देशन गरेका छन् । समय सापेक्ष तथा दर्शकहरुको मागलाई ध्यान दिदै "हर्के हल्दार" विभिन्न परिबेशमा परिबर्तन गर्दै दर्शकहरुलाइ नया नया स्वाद दिन पनि सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ चैत्र २०७५, १२ : ०७
लेखकबाट थप