अमिर खान आफ्नो लागि खाना लिएर शाहरुखको घरमा पुगेपछि....

शुक्रबार, १५ चैत्र २०७५, १७ : २१
अमिर खान आफ्नो लागि खाना लिएर शाहरुखको घरमा पुगेपछि....

काठमाडौँ । बलिउडका अभिनेता अमिर खानले शाहरुख खानसँग सम्बन्धित एक रोचक किस्सा सुनाएका छन् । उनका अनुसार एकपटक शाहरूखले आमिरलाई आफ्नो घरमा खाना खानका लागि आमन्त्रण गरेका थिए । कसैले खानाको लागि आमन्त्रण गरेको अवस्था सामान्यतया बोलाउनेले खाना खुवाउँछन् तर आमिर भने आफ्नो खाना आफै बोकेर पुगे।

‘जब म बाहिर निस्के तब मैले आफ्नो टिफिन लिएँ। साँच्चि भनेको मजाक गरेको हैन है । तपाईंको शाहरूखसँग भेट हुँदा सोध्नुहोला, उनले यो रमाइलो कथा सुनाउनेछन । जब एप्पलका मुख्य कार्यकारी अधिकारी (सिइओ) टिम कुक भारत आएको बेला मलाई शाहरुखले घरमा खाना खान बोलाएका थिएँ । जब गौरीले मलाई खानाको लागि सोधिन तब मैले खाना त खाने हो तर मैले आफ्नो टिफिन साथै ल्याएको बताएँ । म कठिन टाइटमा रहेकाले आफूले ल्याएको खाना खाने बताएँ। यो घटना म ‘दगल’ सिनेमा गर्दा ताकाको हो’, आमिरले भने।

उनले दगलका लागि छोटो समयमा धेरै तौल बढाउनुपर्ने भएकाले त्यही अनुसारको खाना लिएर शाहरुखकोमा पुगेका थिए । दगलमा अमिर खानको भूमिका अनुसार माटो हुनुपर्ने बाध्यता थियो ।
आमिरको यो कुरा सुनेपछि उनको कुरा सुन्नेहरू हाँसेका थिएँ। आमिरले हालै आफ्नो जन्मदिनमा नयाँ सिनेमा ’लाल सिंह चढ्डा’को घोषणा गरेका छन्। सिनेमा हलिउड सिनेमा ’फरेस्ट ग्रम्प’मा आधारित हुनेछ। सिनेमाका लागि आमिरले आफ्नो वजन २० केजी घटाउँदैछन् ।
 

प्रतिक्रिया दिनुहोस