प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ हुने

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०७५, १९ : २७
प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ हुने

काठमाडौंं । प्रथम राष्ट्रिय साधना म्युजिक अवार्ड २०७६ काठमाडौंंमा आयोजना हुने भएको छ । सामना म्युजिक क्रियसन प्राली आयोजक रहेको अवार्डको उद्देश्य अग्रज लाई सम्मान नवलाई प्रोत्साहन, कला गला तथा सस्कृती संरक्षण मा हाम्रो अभियान भन्ने मुख्य उद्धेश्यका साथ आयोजना गर्न लागिएको साधना म्युजिक अवार्डका कार्यक्रम संयोजक गौत्तम शेर्पाले बताए ।

नेपाली गीत संगीतको क्षेत्रमा हुने विभिन्न अवार्डले संगीतको क्षेत्रमा क्रियाशिल कलाकारको आत्मसम्मान र क्रियाशिल भैरहन प्रेरणा मिल्छ भन्ने आयोजकले बिश्वास लिएको आयोजकले बताएको छ ।

नेपाली लोक गीत, आधुनिक, पपर लोक पप, डिजे गीत र राष्ट्रिय गीत लगायत ५० बिधामा अवार्ड आयोजना गर्न लागिएको आयोजक कमिटीकी अध्यक्ष सामना शाहले बताइन ।

अवार्ड कार्यक्रममा आफनो सहभागीता जनाउन चाहने सष्ट्रा तथा सर्जक लाई आबेदन फम खुल्ला गरिएको पनि आयोजक ले जनाइएको छ । २०७५ बैशाख १ गते देखि चैत मसान्त भित्र बजारमा आएका गीत संगीतका कलाकारले सो अवार्डमा सहभागिता जनाउन सक्ने छन ।

गायक गायिकाको हकमा भने भिडियो तयार नभए पनि सहभागी हुन सक्ने छन र फारम भर्ने अन्तिम मिति २०७६ बैशाख १० गते सम्म रहेको आयोजकले जनाएको छ।

आबेदन फारम अनमनगर स्थित सामना म्युजिक क्रियसन प्रालिको कार्यालयमा फोन न ९८०८८५३१०३ र ९८०८४७८७९९ मा सम्पर्क गर्न सकिने ब्यवस्था गरिएको सामना म्युजिक क्रियसन प्रालीका सदस्य सचिव गोकर्ण लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस