‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने

सफल खबर संवाददाता

सोमबार, ११ चैत्र २०७५, १७ : २८
‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो हुने

काठमाडौँ । एन्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ । गायन नृत्य तथा अन्य प्रतिभालार्इ समेटेर गर्न लागिएको रियालिटी शोको आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी गराइएको हो । नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभाहरुलार्इ स्थान दिने गरी ‘नेपाल हिरो अफ ट्यालेन्ट’ गर्न लागिएको आयोजकले जनाएको छ । नेपाली प्रतिभालार्इ व्यवसायीककरण मात्र नभईकन व्यवस्थापनका साथ संरक्षण गर्न र सबै प्रतिभालार्इ मनोरञ्जनका साथ टेवा पुर्याउने विश्वव्यापी प्रचार प्रसारमा एन्जल मिडिया लागि परेको छ ।

नेपालका सातै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधित्व हुने गरी १४ वटा मुख्य स्थानमा अडिसन गराई १० हजार जनालाई अडिसनमा सहभागी गराइने बताइएको छ । अडिसनबाट छनोट भएकालाई काठमाडौँ बोलाएर जर्ज राउण्डबाट भोटिंग राउण्डमा प्रवेश गराई भोटिंग राउण्डबाट नै विजेतको छनोट गरिने छ । प्रथम हुनेलार्इ नगद ७० लाख दित्तिए हुनेलार्इ २० लाख र तृतीय हुनेलार्इ नगद १० लाख प्रदान गरिने आयोजकको भनाइ छ ।

कार्यक्रममा गायक आनन्द कार्की, संगीतकार ओम प्रकाश रार्इ र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहेका छन् । कार्यक्रम मेघा टेलिभिजन मार्फत प्रशारण हुनेछ चैत्र २५ गतेबाट अडिसन सुरु हुनेछ । पत्रकार सम्मेलनमा कार्यक्रमको आयोजक प्रेम श्रेष्ठ, निर्णायक आनन्द कार्की, निर्णायक एलिना बास्कोटा, मेघा टेलिभिजका प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस